बाग्लुङमा राष्ट्रपति कपको रौनक, कराते तर्फ ५ स्वर्णको छिनोफानो

जेठ १५ काठेखोला, गण्डकी प्रदेश खेलकुद परिषद्को आयोजना, काठेखोला गाउँपालिका र कला संस्कृति तथा खेलकुद विकास समिति, काठेखोला गाउँपालिकाको व्यवस्थापनमा आज सञ्चालन भएको गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता अन्तर्गत कराते खेल तर्फ ५ इभेन्ट् सम्पन्न भयो ।

पुरुष तर्फ ४२, ४७, ५७ र ६२ केजी तौल समूह र महिला तर्फ ४०,४५, ५०,५५,६० केजी तौल समूह गरी ९ इभेन्ट मध्ये ५ इभेन्ट सम्पन्न भएको हो । महिला र पुरुष काँटा, ४२, ४७ र ५० केजी पुरुष तौल समूहका गरी ५ इभेन्टमा महिला काँटा तर्फ सन्ध्या रम्तेल कास्की, पुरुष काँटा तर्फ अर्जुन सुनार कास्की, कुमुटे पुरुष ४२ केजी तौल समुहमा हरी बोहोरा गोर्खा , ४७ केजी तौल समुहमा भविन्द्र बराइली बाग्लुङ, र ५० केजी तौल समुहमा गोर्खाले पदक सुरक्षित गरेको छ । प्रतियोगितामा १२ स्वर्ण १२ रजत र २४ कास्य पदकका लागि स्पर्धा हुनेछ ।

काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाको प्रमुख आथित्यतामा सञ्चालित कार्यक्रमको अध्यक्षता कला संस्कृति तथा खेलकुद विकास समिति, काठेखोला गाउँपालिकाका संयोजक टिका संगम बिकले गर्नुभएको थियो । काठेखोला गाउँपालिका वार्ड नं ५ का अध्यक्ष ज्ञामनाथ कँडेलको स्वागत मन्तव्य रहेको कार्यक्रम कला संस्कृति तथा खेलकुद विकास समिति, काठेखोला गाउँपालिकाका सह-संयोजक दिल बहादुर कार्कीले सञ्चालन गर्नुभएको थियो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top