मध्यपाहाडी लोकमार्गको बिहुँ खण्डमा सडक दुर्घटना, चालक सहित २ जनाको निधन

काठेखोला, असार ६ – काठेखोला गाउँपालिका वडा नं ५, बिहुँकोट, ठुल्धुङ्गामा आज बिहान ध १ च ९४८५ नम्बरको bolero सडकबाट करिब २५० मिटर तल खस्दा २ जनाको घटना स्थलमै निधन भएको छ।

दुर्घटनामा परी निधन हुनेमा जैमिनी नगरपालिका वडा नं १० का सेल्स पर्सन दुर्गा पौडेल र जलजला गाउँपालिका वडा नं ६, सालिजा घर भै माल्धुङ्गा बस्ने चालक रामचन्द्र पुन रहेको अस्थाई ट्राफिक प्रहरी पोस्ट अछेतेका हवल्दार होमनाथ पौडेलले जानकारी दिनुभयो। सम्झना स्टोर बाग्लुङ्गको सृंगारको समान बेचेर गल्कोट देखि बाग्लुङ्ग तर्फ फर्कदै गर्दा दुर्घटना भएको हो अहिले दुवै शव पोस्टमार्टमका लागि धौलागिरि अञ्चल अस्ताल पठाइएको प्रहरी उपरीक्षक योगन्द्र कुमार खड्काले जानकारी दिनुभयो।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top