ठेकेदारको बिरोध स्वरुप बिहुँकोटमा बिशाल जनमास उतार्ने तयारी, भोलिदेखि सरकारी गाडी गुड्न नदिने

मध्यपहाडी लोकमार्ग लामो समयसम्म पनि कालोपत्रे नभएपछि नागरिक आन्दोलनको चौथो दिन भोलि जेष्ठ २१ गते ११ बजे काठेखोला गाउँपालिका वडा नं ५ बिहुँ पोखरामा बिशाल जनमास उतार्ने तयारी भएको नागरिक आन्दोलनका अभियन्ताहरुले जनाएका छन्। ठेकेदारको कार्यालय घेराउ गरि तालाबन्दी गर्ने र सबै सरकारी गाडीहरु गुड्न पनि रोक लगाउनॆ आयोजकले जनाएको छ।

मध्यपहाडी लोकमार्ग अन्तर्गतको बिहुँकोट घोडाबाँढे सडक खण्ड कालोपत्रे गर्न पटक पटक शान्तिपूर्ण आन्दोलन र सम्झौताहरु भएपनी कार्यान्वयन नभएको भन्दै त्यहाँका नागरिक बिगत तीन दिन देखि आन्दोलनमा उत्रिएका छन्। कतैबाट पनि समाधानको बाटो नभेटिए पछि काठेखोलाका जनता आन्दोलित भयका हुन्।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top