सरकारी गाडी गुड्न रोक, माग पुरा नभए मध्यपहाडी लोकमार्गमा चक्काजामको चेतावनी


आज जेठ २२ गते कालोपत्रेका लागि नागरिक आन्दोलनको पाँचौ दिन आज पनि बिहुँकोटका नागरिकहरुले आफ्नो बिरोधका कार्यक्रमहरु गरिरहेका छन्। पूर्व घोषित कार्यक्रम अन्तर्गत आज सेता नम्बेर प्लेटका सबै सरकारी गाडी गुड्न रोक लगाईएको छ। हिजोको तालाबन्दिबाट निकासको बाटो नदेखिए पछि आन्दोलनकारीहरुले प्रशासनले कुनै प्रक्रिया अघि नबढाएको आरोप संगै बिरोध अझै शसक्त बनाउने जनाएको छ। नागरिक आन्दोलनका अभियन्ता कृष्ण प्रसाद कंडेलका अनुसार फरार ठेकेदारलाई समातेर प्रशासनले बार्ताको बाताबरण मिलाउन पनि आग्रह गर्नुभएको छ।

सरकारी गाडी गुड्न नदिने भएपनि अन्य गाडीको आवत जावतमा भने रोक लगाइएको छैन तर मध्य पहाडी लोकमार्ग हुदै गुड्ने प्रत्येक सवारीलाई रोकी आन्दोलनको बारे जानकारी गराइरहेको छ। आतेरि गर्ने ग १ ज ६०९० नम्बरको बुर्तिबाङ्ग देखी पोखरा हिडेको यात्रुबाहक गाडीलाई आन्दोलनकारिहरुले नियन्त्रणमा लिई सम्झाई बुझाई गरि सडकमै माफि मगाई छोडिदिएको प्रहरीले जनाएको छ।

नागरिक आन्दोलनको अगुवाई बिहुँकोट खेलकुद तथा समाज विकास केन्द्रले गरिरहेको भएपनि अहिले काठेखोला गाउँपालिका वडा नं ५ र ६ का राजनीतिकर्मी, शिक्षक, बिद्यार्थी, कर्मचारी संगै आम नागरिक सडकमा ओर्लिएका छन्। नेपाली कांग्रेसका सभापति हरि प्रसाद सापकोटाका भन्नुहुन्छ “सरकारले हाम्रो माग पुरा नगरे गाउँपालिकानै उत्रेर लाग्छौँ राजमार्गमा गाडी हैन कमिला मात्रै हिड्नेछ ।”

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top