चार बुँदामा भयो सहमति, असार ५ सम्म आन्दोलन स्थगित

मध्यपाहाडी लोकमार्गको कालोपत्रेमा भएको ढीलासुस्त्ति र अनियमितताको बिरोधमा उत्रिएको नागरिक आन्दोलन हिजो जेठ २३ गतेको बार्ता पछि असार ५ सम्म स्थगित गरिएको आन्दोलनरत पक्षले जानकारी दिएको छ। काठेखोला गाउँपालिका अध्यक्ष राजु थापा, जिल्ला समन्वय समिति बाग्लुङ्गका प्रमुख अमर थापा, सहायक प्र.जी.अ. कृष्णराज गौतम, नि.प्र.जी.अ. चित्राङ्गत बराल, मध्य पाहाडी लोकमार्ग योजना प्रमुख कल्पना अधिकारी, प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्का र आन्दोलनरत नागरिकको तर्फबाट बिहुँकोट खेलकुद तथा समाज विकास केन्द्र र सरोकारवाला सबै नागरिक बीच भीमसेन मा.बि. बिहुँको सभाहलमा भएको बार्तामा विभिन्न चार बुढामा सहमति भएपछी आन्दोलन स्थगित भएको हो। केन्द्रका अध्यक्ष तथा नागरिक आन्दोलनका अभियन्ता कृष्ण प्रसाद कंडेलले संस्थागत संघर्ष जारी रहने र बन्दका कार्यक्रम फिर्त्ता लिई आन्दोलन स्थगित मात्र गरिएको र माग पुरा नभए असार ६ देखि पुनः सडकमा आउने भन्दै आजै एक बिज्ञप्ति मार्फत जानकारी गराउनुभएको छ।

जेठ २४ गते नै ठेक्का तोड्नका लागि फाइल अगाडी बढाउने, २०८० जेठ २१ गते देखि गरिदै आएको सडक बन्द लगाएत आन्दोलनका सम्पूर्ण कार्यक्रम असार ५ सम्म स्थगित गर्ने, इनारपानी र गीठापाताको पहिरो रोकथामको लागि बिशेष अध्यन गरि कार्य अगाडी बढाउने र बर्सातको समयमा मध्यपहाडी लोकमर्ग सुचारु गर्न कार्यालयले बन्दोबस्त मिलाउनु पर्ने लगाएतका ४ बुँदामा सहमति जनाए संगै नागरिक आन्दोलन स्थगित भएको हो।

मध्यपाहाडी लोकमार्गको बाग्लुङ्ग घोडाबाँधे सडक खण्ड अन्तर्गत २५ किमि सडकमा ठेकेदारको चरम लापरबाहीले धुलो र हिलोका कारण सास्ती भोगिरहेका बिहुँकोटका नागरिक जेठ १९ गते देखि चरणबद्ध आन्दोलन थिए जसको अगुवाई बिहुँकोट खेलकुद तथा समाज विकास केन्द्रले गरेको थियो भने त्यहाँ स्थित सम्पूर्ण राजनीतिक दल, बिद्यालय तथा विभिन्न संघ संस्थाले ऐक्यबद्धता जनाएका थिए।

1 thought on “चार बुँदामा भयो सहमति, असार ५ सम्म आन्दोलन स्थगित”

  1. Joseph pradhan

    यसो नगरी नहुने भो। कास्तो ब्यावस्ता आन्दोलन नगरी नहुने।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top