जेठ ९, झुलेनी-काठेखोला गाउँपालिका वडा नं ४ तंग्राम फापरखेतको शिर झुलेनीमा झुलेश्वोर महादेव मन्दिर तथा झुलेनी क्षेत्र विकास समितिको आयोजनामा आज सन्त समाजका राष्ट्रिय अध्यक्ष, संस्कृत बेदबेदाङ्ग देवघाट तनहुँका पिठाधिस तथा श्री त्रिपुरेश्वोर महादेव मन्दिर बिहुँकोटका प्रधान संरक्षक तथा वर्तमान अध्यक्ष श्री १००८ स्वामी ज्ञानानन्द सरस्वति महाराज ज्यूसँगै कार्यपालिका सदस्य भुमा देवी पुन, वडा नं ४ का वडा सदस्य नर बहादुर पुन, फापरखेत बासीहरु र अन्य आगन्तुक पाहुनाहरुले सामुहिक झुलेनी क्षेत्र अबलोकन गरेको समितिका अध्यक्ष रेम बहादुर पुनले जानकारी दिनुभयो। पुनका अनुसार २५२५ मिटरको उचाइमा रहेको यो सुन्दर पहाड पर्यटनका हिसाबले निकै उपयुक्त रहेको र आज झुलेनी क्षेत्रको विकास र धार्मिक पर्यटनको सम्भावना बिसयमा बृहत छलफल र पाहुना दाताहरुबाट सोलार जडानका लागि रु २५,२३० रुपैया प्राप्त भएको छ।

राष्ट्र सन्त श्री १००८ स्वामी ज्ञानानन्द सरस्वति महाराज ज्यूले झुलेनी ध्यानका लागि निकै उत्कृष्ट रहेकोले उँहाका अग्रज गुरुहरुले याँहा ध्यान गरेको सम्झना गर्दै यस क्षेत्रलाई सोहि अनुरुप विकास गर्दा सान्दर्भिक हुने बाणी पस्कनु भयो। झुलेनीमा बिगत ३-४ वर्ष देखी चन्दन गिरी शक्तिबाबा आफैले साना साना टहरा बनाई बसिरहेको र अहिले समितिले केहि टहरा बनाईदिएपछि बसाईमा सहजता भएको सन्यासी बताउछन। बिधुतको पहुच भन्दा निकै टाढा रहेको झुलेनीको बसाई असहज देखेपछि आगन्तुक पाहुनाहरुले श्री १००८ स्वामी ज्ञानानन्द सरस्वति महाराज ज्यूको हातबाट समितिलाई सोलार जडानका लागि भन्दै आर्थिक सहयोग गरे जसमा कार्यपालिका सदस्य भुमा देवी पुन ज्यूबाट रु ५५००, तुलसीराम कंडेल (बिहुँकोट) रु ५१२०, सुबेदार कृष्ण बहादुर पुन (गौसरा) रु २५००, सुबेदार मोहन पुन (अध्यक्ष, बिहानी युवा क्लब) रु २५००, दिल्ली प्रसाद पौडेल (प्र.अ. भूमे आ.बि.) रु १७००, भीमनिधि शर्मा (शि. भूमे आ.बि) रु १५००, तुलसीराम रिजाल (बिहुँकोट) रु १२०५, छम माया पुन (शि. भूमे आ.बि) रु १००५, चन्दन गिरी शक्ति बाबा रु १०००, पार्वती बिक (फापरखेत) रु ७००, सन्तोष बिक (फापरखेत) रु ५००, सुधा सापकोटा (शि. भूमे आ.बि) रु ५००, रुद्र प्रसाद शर्मा (शि. भूमे आ.बि) रु ५००, मिना कुमारी पुन (शि. भूमे आ.बि) रु ५००, करुणा पुन (शि. भूमे आ.बि) रु ५०० गरि जम्मा २५,२३० प्राप्त भएकोमा अधक्ष्य पुनले सबैलाई धन्यबाद दिदै छिटै दाताहरुको इच्छा अनुरुप नै सोलार जडान गर्ने तयारीमा लाग्ने बताउनुभयो।

follow us in Youtube : https://www.youtube.com/channel/UCFgl75g7gvpBfSWpLiAfa1g
follow us in Facebook : https://www.facebook.com/himchitr