दोस्रो काठेखोला गाउँपालिका अध्यक्ष कप २०८० आज सम्पन्न, वडा नं ४ ले उचाल्यो भलिबलको उपाधि

वैशाख 1- काठेखोला गाउँपालिकाको आयोजना र कला, संस्कृति तथा खेलकुद विकास समितिको संयोजन तथा व्यवस्थामा संचालित दोस्रो काठेखोला गाउँपालिका अध्यक्ष कप २०८० को भलिवल प्रतियोगिताको उपाधि काठेखोला ४ तंग्रामले उचाल्दा काठेखोला ७ रेश उपविजेता बनेको छ। अन्य खेल तर्फ ब्याडमिन्टन प्रतियोगितामा दुर्गा बहादुर पुन र मीनसागर गुरुङ प्रथम तथा चन्द्र आले र धुर्व पुन द्वितिय ताराखेल प्रतियोगितामा ताराखोला रातो र नीलो प्रथम र द्वितीय बने भने काठेखोला लोकतारामा धम्जाकी अनीता थापा प्रथम, विहुंका राहुल बिक द्वितिय र रेशका राम थापा तृतीय बने नृत्यमा काठेखोला ४, लालीगुराँस ईङलिस वोडिंङ स्कुल र काठेखोला १ क्रमश प्रथम, द्वितिय र तृतीय बने । साहित्य विधा अन्तर्गत गजल वाचन प्रतियोगीतामा गजल श्रष्टाहरु चन्द्र आले प्रथम, प्रतीमान थापा द्वितीय र अस्मिता खरेल कंडेल तृतिय बने।

कला, संस्कृति तथा खेलकुद विकास समितिका सचिब मनोज कार्कीको संचालनमा रहेको समापन समारोहमा पुरस्कार वितरण संगै विभिन्न विधाका ३ जनालाई काठेखोला प्रतिभा सम्मानले सम्मानित गरिएको थियो। सम्मानित हुनेहरुमा साहित्य विधा अन्तर्गत दिल शिरिस, गायन विधा अन्तर्गत हेमराज आश्रम र खेलकुद विधा अन्तर्गत कृष्ण प्रसाद कंडेल हुनुहुन्थ्यो। गाउँपालिका अध्यक्ष राजु थापाको प्रमुख आथित्यतामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता गर्नुभएका कार्यक्रम संयोजक टिका संगम बि.कले दोस्रो काठेखोला गाउँपालिका अध्यक्ष कप २०८० लाई सफलता पुर्बक सम्पन्न गर्न साथ् र सहयोग गर्ने सम्पूर्णलाई धन्यबाद प्रकट गर्दै कार्यक्रम समापन गर्नुभएको थियो।

#PhotoFeature

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top