काठेखोलामा बिग्रेका सडक मर्मत गर्न जनश्रमदान, यात्रुबाहक गाडी धनीले व्यहोरे खाजाखर्च 

 खोला खाल्सिमा पानीको बहाब बढे संगै बाटो बगाईदिएपछी आवतजावत र यात्रा असहज भएको थियो

असार २९- बाग्लुङ् – काठेखोला गाउँपालिका वडा नं ४ र ५ जोड्ने रिङ्ग रोड लगायत ३ शाखा सडकहरु त्यहाँका नागरिकहरुले संयुक्त जनश्रमदान मार्फत मर्मत गरेका छन्। काठेखोला गाउँपालिका वडा नं ४, तंग्राम, फापरखेत र वडा नं ५, बिहुँकोट, गौसराका नागरिकहरुले गत हप्ता परेको अविरल वर्षाको कारण बिग्रेका सडकहरु मर्मत गरेका हुन्। खोला खाल्सिमा पानीको बहाब बढे संगै बाटो बगाईदिएपछी आवतजावत र यात्रा असहज भएको थियो। ति सडकहरुमा कार्यपालिका सदस्य तथा वडा नं ५ का वडा सदस्य भुमा देवी पुन र वडा नं ४ का वडा सदस्य नर बहादुर पुन तथा बिहानी युवा क्लबको संयुक्त नेतृत्वमा ४८ जना महिला, युवा तथा प्रौढहरुको समुहले मर्मत पछी ढुक्कले यात्रा गर्न अनुरोध गरेको छ। आफुहरु जनश्रमदानमा सहभागी हुन नसेको भन्दै स्थानिय यात्रुबाहक गाडी धनीहरु देब बहादुर पुन, धन प्रसाद पुन र होम पुनले खाजाखर्च व्यहोरेका थिए भने कार्यपालिका सदस्य भुम देबी पुन र बिहानी युवा क्लबका अध्यक्ष मोहन पुनले नपुग रकम पुरा गर्न सहयोग गरेको युवा समाजसेबी इन्द्र पुनले जानकारी दिनुभयो।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top