काठेखोला गाउँपालिका वडा नं ४ तंग्राम, फापरखेतमा जनशान्ति युवा क्लबले आयोजना गरेको १९ औँ कोजाग्रत पूर्णिमा मेला २०८० को सम्पूर्ण तयारी सकेको आयोजकले जनाएको छ। कार्तिक ११ देखि १६ गते सम्म चल्ने मेलाको भोलि कोजाग्रत पूर्णिमाको दिन काठेखोला गाउँपालिका अध्यक्ष राजु थापा द्वारा बिहान ११ बजे उत्घाटन सँगै सोरठी नाच प्रतियोगिता संचालन हुने छ भने अन्य प्रतियोगितात्मक कार्यक्रमहरु १२ गते देखि निरन्तर संचालन हुने क्लबका अध्यक्ष कृष्ण पुनले जानकारी दिनुभयो। क्लबका सचिब दिल बहादुर पुनले सोराठी पुस्ताहस्तान्तरणमा कमीकमजोरी भएकोले यो मेलाले लोपउन्मुख सोरठी संरक्षणमा केहि भएपनि सहयोग हुने बताउदै मेला संचालन गर्न सहयोग पुर्याउने सम्पूर्णलाई धन्यबाद ज्ञापन गर्नु भयो।
फापरखेतमा मेलाको तयारी सकियो, भोलि सोरठी नाच नाचिने









