कार्तिक ४, काठेखोला – आज नवदुर्गा पुजा अन्तर्गत सप्तमीको यो बिशेष दिन ‘फूलपाती’, यो दिन देवी कालरात्रि स्वरुपा दुर्गाको विशेष पूजा अर्चना गर्ने दिन भएकाले देशैभरका शक्तिपीठहरुमा फूलपाती भित्र्याई पुजा गर्ने चलन अनुसार काठेखोला गाउँपालिकाको वडा नं ६ स्थित कोट मन्दिर लगायत सम्पूर्ण शक्तिपीठहरुमा फूलपाती भित्र्याई पुजाआज गरिदै छ। आज बिहानै कालीगंगाबाट जल र बेलपत्र ल्याई केरा, हलेदो, धान, अशोक, दारिम, धानको बाला, केराको बोट, जयन्ती र उखुलगायतका लहरा पात अनि विभिन्न प्रकारका फूलहरु मिश्रित ‘फूलपाती’ भित्र्याइएको कोट मन्दिर ब्यबस्थापन समितिले जनाएको छ।

आज बिहानै ६:३० बजे उपल्लो कोट मन्दिरमा फुलपाती भित्र्याईएको र ९:२५ बजे नेपाली सेनाले देशैभर फूलपाती भित्र्याउने भएकाले कोटमन्दिरमा विधिवत पुजाआज गरिएको फूलपाती श्री श्री महर गण, घोडाबाँधेले गण लैजाने वडा नं ५ का अध्यक्ष ज्ञामनाथ कंडेलले जानकारी दिनु भयो भने वडा नं ६ का अध्यक्ष बृहस्पति शर्माले सँगै रहेका दुई कोटमन्दिरमा पालै पालो फूलपाती भित्र्याउने संस्कार अनुसार यो वर्षको नवदुर्गाको सप्तमीमा माथिल्लो कोटमन्दिरमा फूलपाती भित्र्याइकों जानकारी दिनुभयो। शर्माका अनुसार भाकल पुरा भएका र भाकल गर्ने दुवै थरिका भक्तजनहरु हजारौको संख्यामा आउने र दुवै कोटमन्दिरको श्रद्धा पुर्बक पुजाआजा गर्ने गरेका छन्।

श्री श्री मेहर गण, काठेखोला-५, घोडाबाँधेका गणपति प्रमुख सेनानी धन राना मगरका अनुसार नेपाली सेनाले फूलपातीको दिन देशभर विभिन्न शक्तिपिठहरुबाट दुर्गामाताको आशिर्बाद स्वरूप फूलपाती लिई आफ्नो गण, गुल्म र ब्यारेकमा स्थापित गरि पुजा गर्ने प्रचलन रहेकाले श्री श्री महर गणको उपस्थिति रहेको जनाउनु भने परापुर्ब कालमा बाइसे चौबिसे राज्यका सेनाहरुले कोटघरमा आफ्ना हतियार राख्ने र बलि दिई खड्क ठाकुरकोको पुजा गर्ने प्रचलन अनुसार अझै पनि कोटमन्दिरहरुमा खड्क (हतियार) पुजा हुने गरेको स्थानिय मोहन पुनले हामी संगको कुराकानीमा बताउनु भयो।














