प्रकाश सपुत नेपाली गायन जगतका जाज्वल्यमान दुरदर्शी कलाकार हुन्। उनले आफ्नो गायनकला सँगै निर्देशन कलालाई पनि प्रत्येक video मा प्रस्फुटन गर्न भ्याएका छन्। अहिले सांगीतिक जगतको मुहार फेरीएको छ अर्थात उनी सानो छदा रेडियो वा टेपरेकर्डर सुन्दा संगीत मात्र सुन्न पाइन्थ्यो तर जमाना फेरिएसंगै अहिले audiovisual सामग्रीले पहिलेका कुरा कथा जस्तै लाग्छ। उनका सबै गीतले लोकप्रियता पाउनु गायकी संगै निर्देशन कला पनि हो। शब्द र संगीतले बोल्न नभ्याएका कुरा उनले video मार्फत स्पस्ट पारिरहेका हुन्छन। उनका अरु थुप्रै गीत लोकप्रिय छन् ती मध्ये बोल माया र गलबन्दी च्यातियो बोलको गीतको video कथा ले भने संगीतप्रेमीहरुलाई अब के होला ? वा कस्तो गीत आउला ? भनेर पर्खाई रहेका थिए। दुवै video कथाको बिट मार्दै प्रकाश सपुतले साउन ५ गते दमाई महाराज बोलको गीत आफ्नै youtube channel मा राखेका छन्।

आउनुहोस उनका कथा अबलोकन गरौँ


हामीले कुरा गरिरहेको भिदिओसेरिजको सुरुमा २०७५ जेठ ४ गते (५ वर्ष अघि) बोल माया बोलको गीत youtube channel मा राखे जसमा प्रकाश बैदेशिक रोजगारमा हुन्छन र उनको उतै ज्यान जान्छ। घरमा उनकी श्रीमती दुई जिउकि हुन्छिन।

यस गीतमा उनले बैदेशिक रोजगारको कहालीलाग्दो बेदना प्रस्तुत गरेका छन् भने भिदिओसेरिजको दोश्रो गीत २०७६ जेठ ११ गते youtube channel मा राखे गीतको बोल थियो “गलबन्दी च्यातियो”

यो गीत पछाडी रिलिज भय पनि कथा भने उनि विदेश नजादैको समेटिएको छ। जसमा उनले आफुले मन पराएको केटिसंग गलबन्दी च्यातियो तिम्ले तानेर भन्दै दोहोरी मारेका छन्। गज्जबको समायोजन video को सुरुमा बाबाको जस्तै बानीव्यहोरा भएको छोरा र श्रीमती देखाइन्छ। आमालाई खाजा लैजादै गर्दा video मा छोराको परिचय गराईन्छ र बाबाको बारेमा सोध्दा आमाले प्रकाश सँगको दोहोरी “गलबन्दी च्यातियो” सम्झन्छन र अन्तमा छोरालाई गाउलेहरुले लखेत्छन। छोराले आफ्नो आमालाइ चिठी लेखेका हुन्छन जसमा बिशेष कारणले गाउँ छोडेको र आफु बाबाको सपना पुरा गरेर फर्कने बाचा गरेका हुन्छन।


भिदिओसेरिजको अन्तमा २०८० साउन ५ गते दमाई महाराज बोलको गीत संगै सेरिज अन्त गरेका छन्। जसमा उही छोरो १२ वर्ष तपस्या पछि धर्मगुरु बनेर आउछ अनि बिद्यालय र मन्दिर बनाउन धार्मिक सप्ताहको प्रबचन गर्छ। जसमा भगवान कहिले बिटुलो नहुने संदेश दिन खोजिएको छ, छुवाछुत मुक्त सुन्दर समाजको परिकल्पना संगै भिदिओसेरिजको अन्त गरिएको छ।

दमाई महाराज video ब्यानरमा गलबन्दी गाउँपालिका लेखिएको छ तर प्रकाश काठेखोला गाउँपालिका ३ धम्जामा जन्मनुभएको हो। तन्नेरी हुदा खुब गजल लेख्ने र विभिन्न साहित्यिक कार्यक्रमहरुमा बाचन गर्ने गरेको स्थानिय बताउछन। उनका यी तीनओटै video मा आफ्नो गाउँघर र काठेखोला गाउँपालिका वरपरका दृश्य देख्न सकिन्छ, स्थानियका अनुसार उनि आफ्नो गाउँघरलाई निकै माया गर्छन।

काठेखोला-२, दुदिय/पनलाघाट