काठेखोला- आज काठेखोला गाउँपालिका वडा नं ५, मैदानडाँडा स्थित बिहुँकोट खेलकुद तथा समाज विकास केन्द्रको खेलमैदान, परमानन्द खेलकुद परिसर वरपर ४१ औँ बि पी स्मृति दिवसको अबसरमा वृक्षारोपण गरियो। दिउसो १ बजे औपचारिक कार्यक्रम संगै सुरु भयको बृक्षारोपण कार्यक्रम तथा क्रियाशिल भेलाको सभापतित्व नेपाली कांग्रेस वडा नं ५ बिहुँकोटका सभापति हरि प्रसाद सापकोटाले गर्नुभएको थियो, संचालन भरत सापकोटाले गर्नु भयो भने गाउँकार्यपालिका सदस्य भुमा पुनले स्वागत मन्तब्य दिनु भएको थियो। अन्य बक्ताहरुमा पूर्व संसद माननीय टंक प्रसाद शर्मा, नेपाली कांग्रेस काठेखोला गाउँपालिका सभापति यामदत्त कंडेल, सम्पूर्ण वडा अध्यक्षको तर्फबाट वडा नं १ का अध्यक्ष खडक थापा, नेपाल रेडक्रस बाग्लुङ्ग शाखा अध्यक्ष जब्बर बहादुर लामिछाने र शिक्षक लिलाधर कंडेल रहनु भएको थियो।























