आसार-७, बाग्लुङ- आर्थिक वर्ष २०८३-०८४ को आरम्भ हुँदै गर्दा विभिन्न आयोजना सुरु र समापनको चटारो नेपाल भर छ । संघीय सरकारले जेठ १५ गते सार्वजनिक गरेको बजेट भाषण पश्चात् सात वटै प्रदेश सरकारले आफ्नो बजेट सार्वजनिक गर्दै गर्दा गण्डकी प्रदेश सरकारले पनि आफ्नो बजेट सार्वजनिक गरेको छ । आफ्नो आफ्नो क्षेत्र विकासका लागि बजेट माग गरिरहेका मध्ये जिल्ला खेलकुद विकास समिति, बाग्लुङ भने असन्तुष्ट देखिन्छ । बागलुङले खेलकुद बुझेको नेता नपाएको गुनासो सहित समितिका अध्यक्ष कृष्ण प्रसाद कँडेलले सामाजिक सञ्जाल मार्फत असन्तुष्टि व्यक्त गरेका हुन् । जिल्लामा समितिको मातहतमा कभर्ड हल नहुँदा विभिन्न कार्यक्रम आयोजनामा प्रतिकूल असर पर्ने गरेको अध्यक्ष कँडेलको भनाई छ ।










