स्थानिय क्लब द्वारा स्वास्थ्य केन्द्रलाई सामाग्री हस्तान्तरण, दादुरा रुबेलाको अभियान सफल पार्न अनुरोध

फागुन ९, काठेखोला -काठेखोला गाउँपालिका वडा नं ५ स्थित बिहुँकोट आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई सोहि वडा स्थित बिहानी युवा क्लब तथा मिलन महिला समूहले आज एक कार्यक्रम गर्दै अति आबश्यक सामाग्रीहरु हस्तान्तरण गरेको छ। स्वास्थ्य केन्द्र स्थापना भएको १ वर्ष सम्म पनि सबै सामग्रीले सुबिधा सम्पन्न नहुदा सेवा दिन असहज भएको भन्दै केन्द्रले सहयोगको लागि अनुरोध गरेपछि बिहानी क्लब तथा मिलन महिला समूह, गौसराले सहयोग गरेको अध्यक्ष द्वय मोहन पुन र ओमकुमारी पुनले जानकारी गराउनु भयो।

सामग्री हस्तान्तरण तथा रुबेला दादुरा बिरुद्धको अभियान कार्यक्रमको सभापतित्व वडा अध्यक्ष ज्ञामनाथ कंडेलले गर्नुभयो भने कार्यपालिका सदस्य भुमा देवी पुनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तब्य ब्यबस्थापन समिति तथा वडा सचिब शिब थापा मगरले राख्नु भयो। थापाले केन्द्रले केहि सामानको अभाबमा पनि अनबरत सेवा दिई रहेको र यी र यस्ता सहयोगले अझै थप हौसला मिल्ने गरेकोले सहयोगी संस्थाहरुलाई धन्यबाद दिनुभएको थियो। सोहि कार्यक्रममा गाउँपालिका स्वास्थ्य संयोजक सोमराज पाण्डेले क्लब तथा महिला समुहले यो सहयोग गर्नु निकै सराहनीय काम गरेको भन्दै सबैलाई फाल्गुन १३, १४ र १५ गतेको दादुरा रुबेला बिरुद्धको अभियानमा सहयोग गर्न अनुरोध गर्नुभयो। वडा अध्यक्ष तथा सभापति कंडेलले वडा तथा गाउपालिकाको नीतिगत समस्याका कारण अति आबस्यक सामान पनि परिपूर्ति गर्न असहज हुने गरेको बेला बिहानी क्लब तथा मिलन महिला समूह र अन्य सहयोगी संस्थालाई धन्यवाद ज्ञापन गर्नुभयो भने कार्यक्रम बिहुँकोट आधारभूत स्वास्थ्य सेवा केन्द्र प्रमुख पवित्रा थापाले संचालन गर्नुभएको थियो। बिहानी क्लब तथा मिलन महिला समूहले ग्यास सिलिण्डर, चुलो, प्रेसर कुकर, थालि, गिलास लगाएत किचनमा प्रयोग हुने प्राय सबै समान हस्तान्तरण गरेको हो। यस अघि पनि क्लब तथा महिला समुहले भिबिन्न संस्था तथा बिपन्न परिवारका बिरामी व्यक्तिहरुलाई सहयोग गर्दै आइरहेको छ भने कोरोनको समयमा देखाएको साहसिक सहयोगको अझैपनि चर्चा हुनेगरेको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top