कार्तिक १५, फापरखेत- काठेखोला गाउँपालिका वडा नं ४, तंग्राम, फापरखेतमा संचालन भैरहेको १९ औँ कोजाग्रत पूर्णिमा मेला २०८० अन्तर्गत संचालित भलिबल खेल तर्फ हिजो सात खेल संचालन भयो। दोस्रो चरणको खेलहरुमा Pole A तर्फ SCYN तंग्राम ६ ले लेखानी केवललाई, जनशान्ति फापरखेतले मगर समाज माझखर्कलाई, रेश बौरले ओखलेलाई, कालिका रेशले बिहानी A लाई र BYC बिहुँ हटियाले देउराली युवा क्लबलाई पाखा लगायो। Pole B तर्फ तंग्राम २ ले तंग्राम ३ लाइ, अरनिको तंग्राम ८ ले लेखानी ३ लाई र सिर्जना संस्कृतिकले मुक्तिनाथ तंग्राम ७ लाइ पाखा लगायो भने शिबलेकाली माझखर्क र बिहानी युवा क्लब B तथा कोजाग्रत मेला र बिहुँ ५ को भने समय अभावले खेल हुन सकेन।

हिजै धनुषबाण प्रतियोगिता पनि संचालन भएको आयोजकले जनाएको छ जस अन्तर्गत अर्गल A र अर्गल B प्रथम र द्वितीय भय। प्रतियोगितामा धनुषबाणका राष्ट्रिय खेलाडी दुर्गा बहादुर घर्तिले सर्बाधिक अङ्क जोडे, खेल अबधिभर उनले कुनै पनि सर खेर जान दिएनन् भने मुकेश रोक मगरले सर्बाधिक तीन खोल प्रहार गरे। मेलामा अन्य खेल अन्तर्गत क्यरिम्बोर्ड प्रतियोगिता पनि संचालन भैरहेको आयोजकले जनाएको छ।










