फापरखेतमा कोजाग्रत पूर्णिमा मेला लाग्ने, काठेखोलामा सोरठी नाचको तेस्रो प्रतियोगीता गरिदै

असोज २२, काठेखोला – काठेखोला गाउँपालिका वडा नं ४ तंग्राम फापरखेतमा २०८० कार्तिक ११ देखि १६ गते सम्म सोरठी नाच, धनुषबाण, भलिबल र नृत्य प्रतियोगीता लगायतका कार्यक्रम समेटी जनशान्ति युवा क्लबले ६ दिन लामो कोजाग्रत पूर्णिमा मेला २०८० आयोजना गर्ने भएको छ। यस अघि १८ वटा मेला सफलता पुर्बक सम्पन्न गरेको क्लबले पहिलो पटक संस्कृति संरक्षण तर्फ सोरठी नाच प्रतियोगिता आयोजना गरेको छ जुन काठेखोला गाउँपालिकामा हुने तेस्रो प्रतियोगीता हो, यस अघि काठेखोला गाउँपालिकाले संचालन गरेको प्रथम अध्यक्ष कप २०७६ र बेल्ढुङ्गा स्वर्गाश्रम पर्यटन उत्सब २०८० मा सोरठी नाचले स्थान पाएको थियो।

कार्तिक ११ गते मेला उत्घाटन सँगै सोरठी नाच प्रतियोगिता संचालन गरिने जनशान्ति युवा क्लबका अध्यक्ष कृष्ण पुनले जानकारी दिनुभयो। सोरठी निकै पुरानो, मौलिक र मगर इतिहाँस बोकेको संस्कृति भएकोले यसलाई जगेर्ना गर्नु सबैको दाइत्व भएकोले क्लबले यो कार्यक्रमलाई मेलामा स्थान दिएको पुनको भनाइ छ। पुन भन्नुहुन्छ “सोरठी प्रतियोगिता समाबेस भएको यो पहिलो कार्यक्रम हो त्यसैले अलि चुनौतिपूर्ण भएपनि मेला निकै उत्साहपूर्ण रहनेछ”।

खेलकुद तर्फ मगर संस्कृति सँग जोडिएको धनुषबाण प्रतियोगीता र भलिबल प्रतियोगिता आयोजना गरिएको छ यसले पनि मेलाको आकर्सण अझै बढ्ने क्लबका सचिब दिल बहादुर पुनको दाबी छ। सबै विधालाई स्थान दिदै आएको मेलाले सामुहिक नृत्यलाई पनि समाबेस गरको छ भने मेला आयोजनाले पर्यटकीय स्थल झुलेनी सँगै फापरखेत झुलेनी होम स्टेको प्रबर्धन हुने जानकारहरु बताउछन।

kojagrat purnima mela 2080

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top