देशै भर सितोरियो करातेको नयां कार्यसमिति निर्बाचित, भाद्र २० गते बाराको निजगढमा रास्ट्रीय महाधिबेशन हुने

नेपाल कराते महासंघका महासचिव एबं नेपाल सितोरियो कराते संघका अध्यक्ष धावा गुरुङ को प्रमुख आतिथ्यता एबं गण्डकि प्रदेस रेफ्री संयोजक सुरेन्द्र कुमार गुरुङको सभापतित्वमा सम्पन्न प्रदेश अधिबेशनले कांस्कि करातेका धन लामाको अध्यक्ष्यतामा २१ सदस्यिय कार्यसमिति चयन गर्दै भेला आज सम्पन्न भयको छ।

नेपाल करातेमा बिगत लामोसमय देखिको अन्तराष्ट्रिय एबं राष्ट्रिय मान्यताका बिबादले समस्याग्रस्त भयकोमा धावा गुरुङ अध्यक्ष रहेको नेपाल सितोरियो कराते संघ लाई World shito ryu karate federation (WSKF ) बाट मान्यता प्रदान गरे पस्चात देशै भर अहिले सितोरियो कराते संघ का पालिका , जिल्ला र प्रदेशमा नयां कार्यसमिति बिधिवत रुपमा निर्बाचित भयका छन, भने यहि भाद्र २० गते बाराको निजगढमा सितोरियो करातेको रास्ट्रीय महाधिबेशन हुदै छ।

यस गण्डकि प्रदेशको अधिबेशनमा बोल्दै अध्यक्ष धावा गुरुङले करातेका नाममा केहि समुहहरुले मच्चाइरहेको लुटको धन्दाको अब बिधिवत अन्त्य भयको राय ब्यक्त गर्नुभयो । देशैभर सन्चालनमा रहेका बिभिन्न खेलहरु मध्य सर्बाधिक खेलाडि रहेको सितोरियो करातेले नेपालका लागि बिभिन्न अन्तरास्ट्रीय प्रतियोगितामा अधिक पदक भित्र्याउन सफल रहेको यो खेल अब झन सशक्त रुपमा अगाडि बढ्ने बताउनुभयो। उक्त कार्यक्रममा नेपाल कराते संघ गण्डकि प्रदेशका अध्यक्ष मणि थापा , गण्डकि प्रदेस रेफ्री संयोजक सुरेन्द्र कुमार गुरुङ, नव निर्बाचित अध्यक्ष धन लामा लगायतले आफ्नो मन्तब्य राख्दै , राष्ट्रका लागि सर्बाधिक पदक भित्र्याउने खेल कराते अब झन सशक्त रुपमा अगाडि बढ्ने बताउनुभयो। आज नवगठित २१ सदस्यिय समिति मा बरिष्ठ उपाध्यक्षमा कर्ण बहादुर गुरुङ द्वितिय उपाध्यक्षमा छबिलाल गाहा तृतिय उपाध्यक्षमा बुद्द लामा सचिवमा कृष्ण प्रसाद कंडेल कोषाध्यक्षमा राम चन्द्र गिरि र प्रत्येक जिल्ला बाट सदस्यहरु सर्बसम्मत चयन भयका हुन्।

साथै राष्ट्रिय महाधिबेसनका लागि केन्द्रिय प्रतिनिधिमा मणिराज थापा, धन लामा, निरज गौतम, राम श्रेष्ठ, चित्र बहादुर पुन, राम देवी गर्बुजा पुन र किशोर राज खनाल सर्बसम्मत चैन भएका छन्।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top