ठेक्का रद्द नहुन्जेल आन्दोलन नछोड्ने आन्दोलनरत नागरिकको घोसणा, नया ठेक्का प्रक्रिया अगाडी बढाउन माग

मध्यपहाडी लोकमार्ग अन्तर्गतको बिहुँकोट घोडाबाँढे सडक खण्ड कालोपत्रे गर्न पटक पटक शान्तिपूर्ण आन्दोलन र सम्झौताहरु भएपनी कार्यान्वयन नभएको भन्दै त्यहाँका नागरिक आजदेखि आन्दोलनमा उत्रिएका छन्। पाँचथरको चियोभन्ज्याङ्ग देखि बैतडीको झुलाघाट जोड्ने नेपालकै लामो १७७६ किलोमिटर लामो राजमार्गको बाग्लुङ्ग बुर्तिबाङ्ग सडक खण्ड अन्तर्गत काठेखोला गाउँपालिका वडा नं ५ र ६ मा गरि जम्मा १४ किलोमीटर सडक कालोपत्रे गर्ने ठेक्का पाएको सुर्य कन्स्ट्रक्सनको ठेक्का रद्द गर्न त्यहाँका नागरिक आन्दोलित भयका हुन्। पटक पटक म्याद थप गरि काम गरे जस्तो मात्रै गरेको भन्दै ठेक्का रद्द नहुन्जेल आन्दोलन नछोड्ने स्थानियको भनाई छ।

“अलपत्र पारिएको मध्य पाहाडी लोकमार्गको बाग्लुङ्ग बिहुँकोट खण्ड कालोपत्रेका लागि नागरिक आन्दोलन” लेखिएको ब्यानर सहित आन्दोलनमा उत्रिएका स्थानिय नागरिकले बिहुँपोखरामा कोण सभा मार्फत् आन्दोलन घोसणा गरेका हुन्। घोसणा कार्यक्रमको सभापतित्व ग्रहण गर्दै बिहुँकोट खेलकुद तथा समाज विकास केन्द्रका अध्यक्ष कृष्ण प्रसाद कंडेलले आन्दोलनको रुप, उत्पन्न हुनसक्ने चुनौति र समस्याहरुका बारेमा बोल्दै ठेक्का रद्द नहुन्जेल आन्दोलन नछोड्ने बताउनुभयो।

घोसणा कार्यक्रममा ऐकेबद्धता जनाउदै काठेखोला गाउँपालिका उपाध्यक्ष तेज बाहादुर थापा, वडा नं ५ र ६ का अध्यक्ष ज्ञामनाथ कंडेल र बृहस्पति शर्मा, रघुपति शर्मा, ज्ञानु कुमारी श्रीस शर्मा, भारत सापकोटा, हरि प्रसाद सापकोटा, हिरालाल सापकोटा र दिवस कंडेलले मन्तब्य दिएका थिए भने संचालन तथा समापन बिहुँकोट खेलकुद तथा समाज विकास केन्द्रका सचिव सन्तोष पुनले गरे।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top