काठेखोलामा रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न, भीमसेन मा.बि.ले उचाल्यो उपाधि-Photo feature

काठेखोलो-काठेखोला गाउँपालिकाले आयोजना गरेको ५ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि ११ स्वर्ण र १० रजत सहित भीमसेन मा.बि. ले उचालेको छ। उप बिजेता रेश नुनथला मा.बि.ले ९ स्वर्ण र ८ रजत प्राप्त गरेको थियो भने अमर मा.बि. ७ स्वर्ण ११ रजत, जनकल्याण मा.बि. ७ स्वर्ण १ रजत, बिहुँकोट लालीगुराँस ई बो स्कुल ५ स्वर्ण २ रजत, धारा मा.बि. २ स्वर्ण २ रजत, लक्ष्मी मा.बि. १ स्वर्ण ३ रजत र लेखानी मा.बि.ले १ स्वर्ण २ रजत हात परे भने नारायणी मा.बि., जनता मा.बि. र धिमि करिना मा.बि.ले क्रमस ३/२/२ रजत पदकमा चित्त बुझाए। कार्यक्रमका सभापति तथा कला संस्कृति तथा खेलकुद विकास समिति संयोजक टिका संगम बि.क. ले कार्यक्रमको समापन समारोहमा बोल्दै खेलाडी सिङ्गो राष्ट्रको गहना भएकोले उनीहरुको सम्मानका लागि यी र यस्ता कार्यक्रमहरु आबश्यक रहेको जसले खेलाडीको खेलकुद प्रतिको लगाब मनोबल दुवै वृद्धि हुने भनाई राख्दै कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यबाद ब्यक्त गर्नुभयो।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top