काठेखोला-हिजो देखि सुरु भएको काठेखोला गाउँपालिका स्तरिय ५ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०८० मा आज बाँकि रहेका २० event को खेल संचालन भैरहेको कला संस्कृति तथा खेलकुद विकास समिति संयोजक टिका सङ्गम बि.क. ले जानकारी दिनुभयो। छात्र छात्रा गरि ४४ event का खेल खेलाईरहेको आयोजकले २४ event को खेलहरु हिजो नै सकेको थियो भने आज अमर मा बि र BSSDC खेलकुद परिसरको २ छुट्टा छुट्टै खेलमैदान प्रयोग गरि निर्धारित समयमै कार्यक्रम सक्ने खेलकुद संयोजक कृष्ण प्रसाद कंडेलको भनाई छ। कार्यक्रममा काठेखोला गाउँपालिका भित्रका ११ वटा बिद्यालयबाट सहभागी ८०० खेलाडीले आफ्नो खेल प्रदर्शन गरिरहेका छन्, अहिले सम्म धिमि करिना मा. बि. १ स्वर्ण २ रजत, जनकल्याण १ स्वर्ण १ रजत, जनता मा. बि. २ रजत, लक्ष्मी मा.बि. २ रजत, धारा मा.बि. १ स्वर्ण, नारायणी मा.बि. १ रजत, बिहुँकोट लालीगुराँस ई.बो. स्कुल ४ स्वर्ण, २ रजत, अमर ५ स्वर्ण, ३ रजत, भीमसेन मा.बि. ६ स्वर्ण, ६ रजत, रेश नुनथला मा.बि. ३ स्वर्ण, २ रजत र लेखानी मा. बि. ले १ स्वर्ण सुरक्षित गरेको छ।

