काठेखोलामा ५ औँ रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु, एक सिट्ठीमा ६ खेल एकैपटक उद्घाटन


काठेखोला- आज पौष ०६ गते काठेखोला गाउँपालिका अध्यक्ष राजु थापा द्वारा काठेखोला गाउँपालिका स्तरिय ५ औँ रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०८० लाई खेलकुदको प्रतिक मसाल बालेर उद्घाटन गर्नुभयो भने एक सिट्ठीमा ६ खेललाई एकैपटक उद्घाटन गर्नुभएको थियो। अहिले ४४ event मा खेल सुचारु भैरहेको छ। वडा नं. ५, स्थित बिहुँकोट खेलकुद तथा समाज बिकास केन्द्रको खेलकुद परिसर, मैदानडाँडामा संचालन भैरहेको उक्त कार्यक्रममा स्वागत मन्तब्य अमर मा बि का प्र.अ. भिष्म कंडेलले दिनुभएको थियो भने काठेखोला गाउँपालिका वडा नं ५ का अध्यक्ष ज्ञामनाथ कंडेल, प्रमुख प्रशासकिय अधिकृत खगराज गौतम, उपाध्यक्ष तेज बहादुर थापा र अध्यक्ष राजु थापाले प्रतियोगिताको औचित्य र आबश्यकताको बारेमा मन्त्यब्य राख्नुभएको थियो भने कार्यक्रमको सभापतित्व कला, संस्कृति तथा खेलकुद विकास समिति संयोजक टिका संगम बि. क.ले गर्नु भएको थियो भने संचालन सहायक प्रशासकिय अधिकृत मनोज कार्कीले गर्नुभएको थियो।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top