फापरखेतमा पुर्णिमा मेला हिजो समापन, कालिका र शिबलेकालीले उचाल्यो २०८० को उपाधि

फापरखेत, कार्तिक १८- जनशान्ति युवा क्लब द्वारा आयोजित १९ औँ कोजाग्रत पुर्णिमा मेला हिजो समापन भयो, क्लबका अध्यक्ष कृष्ण बहादुर पुनले मेला निकै सफल भएको र मेला सफल पार्न सहयोग गर्ने सबैलाई धन्यबाद दिदै हिजो साँझ मेला समापनको घोसणा गर्नुभयो। मेलाको विभिन्न प्रतियोगितात्मक कार्यक्रम अन्तर्गत भलिबल प्रतियोगितामा कालिका युवा क्लब, रेशले अरनिको संस्कृतिक परिवार, तंग्रामलाई सोझो सेटमा हराउदै उपाधि उचाल्यो भने प्रौढ भलिबल तर्फ बिहानी युवा क्लब, बिहुँ गौसरालाई शिबलेकाली युवा क्लब, माझखर्कले ३-२ सेटको अन्तरमा पछि पार्दै उपाधि आफ्नो हात पर्यो। धनुषबाण तर्फ अर्गल A, B प्रथम र द्वितीय बने भने आयोजक तृतीय बन्यो। सोरठी नाच प्रतियोगितामा नेपाल आदिबासी इन्द्रेणी जनजाती समूह प्रथम र सुनैखुरे मृगतृष्णा सोरठी संरक्षण समीति द्वितीय बन्यो द्वितीय बने भने सामुहिक नृत्य अप्रतियोगी रुपमा प्रस्तुत भएको कार्यक्रम संचालक सन्तोष पुनले जानकारी दिनुभयो।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top