banner

काठेखोला गाउँपालिका वडा नं ५, बिहुँ, गौस्वारा स्थित बिहानी क्लब तथा मिलन महिला समूहले नवयुबक आधारभूत बिधालयलाई २ थान डस्विन हस्तान्तरण गरेको छ। आज दिउसो १ बजे संस्थाका पदाधिकारी तथा त्यहाँ स्थित समाजसेबी र बुद्दिजिबिहरुको समूहले डस्विन पूर्ण सुरक्षित तथा बालमैत्री तरिकाले कंक्रिट गरी बिद्यालयलाई हस्तान्तरण गरेको हो। फोहोर मुक्त समाजको परिकल्पना साकार पार्न बिद्यालय र समुदायको बराबर भूमिका रहने भन्दै बिहानी युवा क्लबका अध्यक्ष मोहन पुनले फोहोर हुनसक्ने समुदायका सबै चोक र सार्बजनिक स्थल वरपर पनि डस्विन राखिसकिएको बताउनु भयो भने मिलन महिला समुहका अध्यक्ष ओम कुमारी पुनको पनि उस्तै भनाई छ। उहाँका अनुसार समुहले यस भन्दा अघि पनि सोहि बिद्यालयलाई १ थान computer उपलब्ध गराएको थियो।

#bihani #himchitra

बिद्यालयका प्रधानाध्यापक देवनारायण सापकोटाले बिहानी क्लब तथा मिलन महिला समूहले समाजमा हुने हरेक क्रियाकलापमा सहकार्य गर्दै आएको र आफ्नो कार्यकौसलले महामारीका समयमा पनि अग्रपंतिमा रही काम गर्ने गरेकाले समाज परिबर्तनका हरेक कदमको सर्हाना गर्दै धन्यबाद प्रकट गर्नुभयो।