काठेखोला, आज काठेखोला गाउँपालिका वडा नं ५ ले सामाजिक सुरक्षा भट्टा परिचय पत्र बाहक सबैलाई आर्थिक वर्ष २०८०/०८१ का लागि परिचय पत्र नबिकरण गर्न अनुरोध गर्दै एक सूचना प्रकाशन गरेको छ। २०८० भाद्र १५ गते सम्म सार्बजनिक बिदा बाहेक ४० दिन निबेदन पेस गर्ने समय प्रदान गर्दा पनि नबिकरण नगरे भट्टा प्रदान गर्न वडा कार्यालय बाध्य नहुने सुचनामा उल्लेख छ। गाउँपालिका भरीकै वडा कार्यालयहरुमा यहि समयसिमा भित्र आबश्यक काजात संगै निबेदन पेश गरी सामाजिक सुरक्षा भट्टा परिचय पत्र नबिकरण गर्न सकिने वडा नं ५ का सचिव शिव थापाले जानकारी दिनुभयो।

सामाजिक सुरक्षा भट्टा परिचय पत्र नबिकरण गर्न आबश्यक कागजातहरु
- नागरिकताको प्रतिलिपि (फोटोकपी)
- पासपोर्ट साइज १ प्रति फोटो
- बालबालिकाको हकमा जन्म दर्ताको प्रतिलिपि
- अपाङ्गको हकमा अपाङ्ग प्रमाणपत्रको प्रतिलिपि
- एकल महिलाको हकमा ६० वर्ष पुरा भै एकल रहेको प्रमाणित कागजात
- बिधवाको हकमा पतिको मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि र अर्को बिबाह नगरेको प्रमाणित कागजात।









