रुख बुट्यान हटाउन उपभोक्ताको अभियान, बिधुतिय नाङ्गो तारबाट हुने घटना हुनै नदिने अभियन्ताको दाबी

काठेखोला गाउँपालिका वडा नं ५ (साबिक वडा नं ७) ले बिधुतिय लाइन वर परका रुख बुट्यान हटाउन अभियान नै चलाएको छ। साबिक वडा नं ७ श्रीपालीमा राखिएको transformer द्वारा बिधुत आपूर्ति भएका प्राय सबै घरका प्रतिनिधि उपस्थित भै अभियान सफल परिएको बिहानी क्लब तथा मिलन महिला समूहका अध्यक्ष मोहन पुनले जानकारी दिनुभयो। मनसुन सुरु भए संगै बोट बिरुवाको नयाँ पालुवा एकदमै छिटो बढ्ने र नाङ्गो तारमा परि बिधुत प्रसारण बन्द तथा अन्जानमै हुने मानबिय क्षेती निउनिकरण गर्न यो अभियान चलाएको पुनको भनाई छ।

रुख काट्न प्रयोग गरिएको chainsaw मेसिन भने वडा कार्यालयले प्रदान गरेको थियो। २०७९ पौस २५ गतेको वडा भेलाको निर्णय बमोजिम घर-गोठ, खेतीयोग्य जमिन, सार्बजनिक भबन, बिधुतिय मेन लाइन वरपर १० मिटर र मोटरबाटो, बिधुतिय साखा लाइन वरपर ५ मिटर भित्र पर्ने सबै रुख बुट्यान हटाउने गरि मापदण्ड बनाइएको थियो भने गाउँकार्यपालिकाको कार्यालयले यस बिषयमा २०७९ पौष १७ गते नै निर्णय गरि लागु गर्न निर्देशन पठाएको थियो। यसै गरि सबैको साथ र सहयोग भए सबै सामाजिक कार्य सम्पादन गर्न सहज र प्रभाबकारी हुने वडा अध्यक्ष ज्ञामनाथ कंडेल बताउनु भयो।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top