काठेखोला, असार ८ – बिगत लामो समय देखि कालोपत्रे नभएको भन्दै काठेखोला गाउँपालिकाका नागरिक फेरि आन्दोलनमा उत्रिने भएका छन्। जेठ २३ गतेको बार्ता पछि असार ५ सम्म स्थगित आन्दोलन माग पुरा गर्न आनाकानी गरेको भन्दै फेरी जिल्ला प्रशासन कार्यालय बाग्लुङ्गमा धर्ना तथा काठेखोला गाउँपालिकामा पर्ने मध्यपहाडी लोकमार्ग अनिस्चित कालका लागि चक्काजाम गर्ने चतावनी सहित आज बिहुँकोट खेलकुद तथा समाज विकास केन्द्रले बिज्ञप्ति निकालेको छ।

२०७४ सालमा कार्यसम्पादन गरि हस्तान्तरण गर्ने गरि ठेक्का पाएको ठेकेदार कम्पनिले ५ पटक समय थप गर्दा पनि बाटोको अवस्था उस्तै रहेकोले हिलो र धुलोको सास्ती भोगीरहेका त्यहाँका नागरिक बाटो कै कारण बर्षौं देखी अशुद्ध र धमिलो पानि पिउन बाध्य छन्। बिगत बीसौं बर्ष देखि त्यहाका बस्तुभाउले धुलाम्य घाँस खान बाध्य छन्। बाटो छेउका घरहरुमा खाना पस्केर खान हावाको बहाब कुर्नु पर्छ। अचम्मको बिकास र पद्धतिका कारण आन्दोलनमा हुमुनुको विकल्प नरहेकोले सडक कालोपत्रे नहोउञ्जेल निरन्तर खबरदारी गर्ने केन्द्रका अध्यक्ष कृष्ण प्रसाद कंडेलले बताउनु भयो। असार १० गते जिल्ला प्रशासन कार्यालय बाग्लुङ्गमा धर्नाको कार्यक्रम पश्चात पनि माग पुरा नभए मध्यपहाडी लोकमार्गको काठेखोला खण्ड अनिश्चित कालका लागि बन्द गरिने गाउँपालिका अध्यक्ष राजु थापाले बताउनु भयो। एक कार्यक्रममा बोल्दै थापाले स्थानिय सरकारको गम्भीर ध्यानाकर्सण भएको र ११ गते सम्म पनि माग पुरा नभए आफै सडकमा आउने बताउनुभएको छ ।










