मध्यपहाडि लोकमार्गको बिहुंकोट खण्डमा सडक कालोपत्रेमा भयको चरम लापरबाहिका बिरुद्द नागरिक आन्दोलन फेरी ७ गते देखि सुरु गर्ने संघर्षरत पक्षले बताएको छ। गत जेठ १८ बाट शुरु भयको नागरिक आन्दोलन २३ गतेको बार्ता पछि जेष्ठ २४ देखि असार ५ गते सम्म आन्दोलन स्थगित गर्ने सहमति भएको थियो तर आन्दोलनको मुख्य माग ठेक्का रद्द भएको प्रमाण वा प्रक्रियाको बारेमा बार्तामै उपस्थित निकायका प्रमुख वा उपप्रमुखले चासो नदेखाएको भन्दै आम नागरिक सडकमै उत्रिनु पर्ने अवस्था आएकोले चुप लागेर नबस्ने नागरिक आन्दोलनका अभियन्ता कृष्ण प्रसाद कंडेलले जानकारी दिनुभयो। उहाँका अनुसार असार ७ गते ४ बजे सम्मपनि कुनै चित्त बुज्दो जवाफ वा प्रकृयाको प्रमाण हात नलागे असार ८ गते बिहानै देखि सडक ठप्प पार्ने चेतावनी दिएका छन्।
मध्यपाहाडी लोकमार्ग (पुस्पलाल राजमार्ग) – १७७६ किमि मध्ये बाग्लुङ्ग देखि बिहुँको घोडाबाँडे सम्म २५ किमि सडक पर्छ तर कालोपत्रे नभएको अधिकांस भाग काठेखोला गाउँपालिका अन्तर्गत पर्छ। बिगत लामो समयदेखि ठेकेदारको लापरबाहीले कालोपत्रे नभएको भन्दै त्यहाँका स्थानीय पटक पटक प्रसाशनको ढोकासम्म पुगे, चरणबद्ध आन्दोलनहरु र विभिन्न सहमतिहरु पनि भए तर बाटो कालोपत्रे भएन। प्रक्रियाको आडमा संरक्षित सरकारी निकाय पनि यो बारे खासै चासो दिदैन। स्थानीयहरु आजित छन्। अघिल्लो पटक कोरोना माहामारीका कारण म्याद थप, त्यस पछि सार्बजनिक खरिद ऐनको बाह्रौँ सम्सोदनले म्याद थप वा भिभिन्न तरिकाबाट ५ पटक म्याद थप्दा पनि काम गर्न नसक्ने ठेकेदारलाई कारबाही गर्न नसक्ने वा त्यस्तो नियम विनियममा कमजोरी हुनु के नागरिकको गल्ति हो ? खासमा सजायको भागिदार को हुने ?