असार १०, बागलुङ – प्रदेश खेलकुद परिषद्, गण्डकी, पोखराको प्रवर्दन तथा जिल्ला खेलकुद विकास समितिको आयोजनामा सञ्चालित साविक धौलागिरी अञ्चल स्तरीय ताराखेल, छेलो तथा बागलुङ जिल्ला स्तरीय जुनियर कराते प्रतियोगिता एबं पुरस्कार वितरण कार्यक्रम २०८३ आज प्रदेश खेलकुद परिषद्, गण्डकी प्रदेश, पोखराका सदस्य सचिव श्रीधर शर्माको प्रमुख आतिथ्यतामा सुरु भएको छ । भोलि सम्म चल्ने कार्यक्रम अन्तर्गत छेलो प्रतियोगितामा पुरुष तर्फ मिलन सुनार (पर्वत), युवराज गुरुङ (पर्वत), बल बहादुर आले (म्याग्दी) क्रमसः प्रथम, द्वितीय, तृतीय बने महिला तर्फ जालमाया हमाल (म्याग्दी), विष्णु पुन (बागलुङ), चाहना क्षेत्री (म्याग्दी) क्रमसः प्रथम, द्वितीय, तृतीय बने, ताराखेल (धनुषवाण) र कराते प्रतियोगिताको भने धेरै जसो खेलहरू सम्पन्न भएका छन् । भोलि सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको ट्रफी पनि वितरण गर्ने कार्यवाहक अध्यक्ष सचिव किशोर थापाले जानकारी दिनुभयो ।












