काठेखोला लोकताराको दोस्रो चरण सम्पन्न, सामूहिक नृत्य अन्तर्गत चार टिम फाइनल राउन्डमा

२५ चैत्र, काठेखोला – काठेखोला गाउँपालिकाको आयोजनामा सञ्चालन हुन लागिरहेको दोस्रो काठेखोला गाउँपालिका अध्यक्ष कप २०८० अन्तर्गतको नृत्य तर्फ चार टिम र गायन विधा तर्फ ७ जना फाइनल राउन्ड प्रवेश गरेका छन्। काठेखोला लोकताराको फाइनल राउन्डमा प्रवेश गर्नुहुनेमा अनिता थापा, गङ्ग बहादुर सुनार, सुरेश सुनार राहुल बिक, सुदिप किसान, मनिषा बोहरा र राम थापा रहनुभएको छ भने नृत्यतर्फ लालीगुराँस इंग्लिस बोर्डिङ स्कुल, काठेखोला २ भीमपोखरा, काठेखोला ४ तंग्राम र काठेखोला १ चनौटे रहेको लोकतारा संयोजक दिल कार्की र नृत्य संयोजक मनिषा छन्तेलले जानकारी दिनुभयो भने आजै ब्याडमिन्टन प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक भएको छ।

Categories:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts :-