पोक्सेरको फूल, टोपी र चप्पल, सबैको मन लोभ्याउने उत्पादन बन्न सक्ने अध्यक्षको आकलन

२५ चैत्र, काठेखोला – काठेखोला गाउँपालिका ५, विहुँकोटका २० महिला ११ दिन देखी मकैको खोस्टा ( पोक्सेर) देखी बन्न सक्ने सुन्दर फूल, तोपी र चप्पल बनाउने तालीममा व्यस्त छन्  । आज अनुगमनका क्रममा गाउँपालीका अध्यक्ष राजु थापाले  स्थानीय स्तरमा सहज उपलब्ध हुने मकैको खोस्टाबाट वनाईएका हस्तकलाका सामान सबैको मन लोभ्याउने उत्पादन बन्न सक्ने भन्दै २८ गते देखी सुरु हुन लागिरहेको दोस्रो काठेखोला गाउपालीका अध्यक्ष कप २०८० मा अतिथी सत्कार तथा समारोहहरुमा प्रयोगमा ल्याउने र प्रदर्शनीमा राखिने बताउनुभयो  ।

तालीम स्थानीय महिला समन्वय समिती काठेखोलाको समन्वय र काठेखोला गाउँपालीकाको आयोजनामा दहपानी आत्मानिर्भर महिला उद्यम केन्द्रमा सञ्चालन भईरहेको छ ।  वडा नं ५ का अध्यक्ष ज्ञामनाथ कडेलले तालीमलाई उद्यममा परिवर्तन गर्न सके सबैलाई फाईदा हुने बताउनु भयो ।

आजै अध्यक्ष सहितको कार्यपालीका सदस्यहरुको समुहले दहपानी र जुकेपानीमा निर्माण सम्पन्न सडकहरु पनि अनुगमन गरेको थियो ।

Categories:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts :-