Add To Wishlist
Product
फापरखेत, कार्तिक १७- कार्तिक ११ देखि सुरु भएको १९ औँ कोजाग्रत पूर्णिमा मेला २०८० को आज अन्तिम दिन आयोजक जनशान्ति युवा क्लब काठेखोला-४ तंग्राम, फापरखेतले मेला समापन गर्दैछ। आज युवा तथा प्रौढ भलिबलको फाइनल खेल, सोरठी प्रतियोगितामा प्रथम र द्वितीय हुने समूहहरुको प्रस्तुति संगै सामुहिक नृत्य र पुरस्कार वितरण गरेर मेला सक्न थलिएको अध्यक्ष कृष्ण बहादुर पुनले जानकारी दिनुभयो। युवा भलिबल तर्फ प्रथम पुरस्कार रु ५५००० का लागि आरानिको संस्कृतिक परिवार तंग्राम र कालिका युवा क्लब रेश फाइनल खेल खेल्दैछ भने प्रौढ भलिबल तर्फ प्रथम पुरस्कार खसीका लागि बिहानी युवा क्लब, गौसरा र शिवलेकाली युवा क्लब, माझखर्क बीच खेल हुनेछ। फाइनल खेल सँगै सोरठी नाच प्रतियोगितामा प्रथम हुने नेपाल आदिबासी जनजाती इन्द्रेणी समूह, बिहुँ र द्वितीय हुने सुनैखुरे मृगतृष्णा सोरठी संरक्षण समिति, तंग्रामले आ-आफ्नो प्रस्तुति देखाउने क्लबका सचिब दिल बहादुर पुनले जानकारी दिनुभयो।
Leave a Reply