Add To Wishlist
Product
काठेखोला – आज जेठ २१ गते कालोपत्रे समयमा नगरेको ठेकेदारको ठेक्का रद्द गर्न घोषित आन्दोलनको चौथो दिन बिहुँमा ठेकेदारको कार्यालयमा तालबन्दि भएको छ। पूर्व घोषित कार्यक्रम अन्तर्गत माग पुरा नभए सम्म सडक नछोड्ने पनि नागरिक आन्दोलनका अभिनताहरुले बताए भने आन्दोलनमा कुनै बल प्रयोग गर्न नपरेको प्रहरीले जनाएको छ।
आज बिहान ११ बजे देखी सुरु भएको आन्दोलनमा उपस्थित भएको आम नागरिकहरुको समुहले दिउसो १२:३० बजे नाराबाजी सहित कार्यालयमा ताल लगाए भने करिब देडघण्टा बाटो अबरुद्ध गर्दै र्याली समेत गरेको थियो। र्यालीमा आम जनसमुदाय, राजनीतिकर्मी, शिक्षक, बिद्यार्थी, बृद्ध तथा बालबालिका समेत उपस्थित थिए। आन्दोलनमा किन बिद्यार्थी भन्ने प्रश्नमा प्रत्येक दिनको पैदल यात्रामा हामी जति धुलो कस्ले खान्छ भन्दै जवाफ दिन्छन बिद्यार्थी प्रकाश कंडेल।
बिहुँकोट खेलकुद तथा समाज विकास केन्द्रको नेतृत्वमा रहेको यो आन्दोलन कहिले सम्म भन्ने हाम्रो प्रश्नमा अध्यक्ष तथा अभियान्ता कृष्ण प्रसाद कंडेलले भने अहिले सम्म समाधान भैहाल्छ जस्तो संकेत समेत देखिएको छैन जबसम्म माग पुरा हुन्न तबसम्म सडकमै रहन्छौँ।
Leave a Reply