काठेखोलामा जिल्ला स्तरीय कराते प्रतियोगिता, १२ स्वर्णका लागि स्पर्धा हुने

छात्र र छात्राको ३०, ३५, ४०, ४५, ५० र ५५ kg तौल समूहको १२ वटा स्वर्ण पदकका लागि कुमुते र काताका स्पर्धाहरु हुने

काठेखोला गाउँपालिका वडा नं ५ स्थित बिहुँकोट खेलकुद तथा समाज विकास केन्द्र BSSDC ले यही आश्विन १९ र २० गते परमानन्द स्मृति खेलकुद परिसर, बिहुँकोट खेलमैदान, संरचना उद्घाटन तथा विविध खेलकुद कार्यक्रम – २०८२ अन्तर्गत बाग्लुङ जिल्ला स्तरीय कराते प्रतियोगिता आयोजना गर्न लागेको हो। उक्त प्रतियोगितामा छात्र र छात्राको ३०, ३५, ४०, ४५, ५० र ५५ kg तौल समूहको १२ वटा स्वर्ण पदकका लागि कुमुते र काताका स्पर्धाहरु हुनेछन् । आयोजकले पुरस्कार स्वरूप प्रत्येक स्वर्ण पदकका लागि रु १५००, काश्य पदकका लागि रु.१०००, रजत पदकका लागि रु ५०० र मेडल प्रमाणपत्र प्रदान गर्ने गरी तयारी सुरु गरिएको जिल्ला खेलकुद विकास समिति, बाग्लुङका अध्यक्ष समेत रहनुभएका केन्द्रका अध्यक्ष एवं प्रमुख प्रशिक्षक श्री कृष्ण प्रसाद कडेलले हिमचित्रसँगको कुराकानीमा जानकारी दिँदै जिल्लाभरका कराते खेलाडीहरूलाई सहभागिताको लागि अनुरोध समेत गर्नुभएको छ।

केन्द्रका परम प्रधान संरक्षक, नेपाल सन्त समाज र श्री त्रिपुरेश्वर महादेव मन्दिर परमानन्द सन्न्यास आश्रमका अध्यक्ष श्री १००८ ज्ञानानन्द सरस्वती महाराज ज्यू को प्रमुख आथित्यतामा सञ्चालन हुने उक्त कार्यक्रममा काठेखोला गाउँपालिका स्तरीय 7A Side फुटबल प्रतियोगिता र अन्य विविध खेलकुदका प्रतियोगिताहरू पनि सञ्चालन हुने छन् फुटबल प्रतियोगिताको लागि प्रथम पुरस्कार रु. २०,००० द्वितीय पुरस्कार रु १२,००० मेदल र प्रमाणपत्र र सेमिफाइनलमा पुग्ने दुवै टिमलाई रु.४००० प्रदान गर्ने आयोजकले बताएको छ।

 

Categories:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts :-