देउराली डाँडामा सडक पुग्दा फापरखेत बासीमा छायो उल्लास, पर्यटकीय झुलेनी क्षेत्र बिकासको ढोका खुलेको दाबी

मंसीर १६, २०८० -काठेखोला गाउँपालिका वडा नं ४ तंग्राम फापरखेत स्थित प्रचुर पर्यटकीय सम्भाबना बोकेको देउराली डाँडामा आज मोटरबाटो पुगेको खुसियालीमा फापरखेत बासी निकै हर्षित छन्। स्थानिय तह देखी विनियोजित रु तीन लाख बजेट अपुग भएपछि गाउँलेहरुले देउसी भैलो कार्यक्रमबाट उठेको करिब दुई लाख खर्चेर देउरालीडाँडा सम्म मोटरबाटो पुर्याएको समितिका अध्यक्ष दिजेन्द्र पुनले जानकारी दिनुभयो। मोटरबाटो पुगे सँगै झुलेनी क्षेत्र बिकासमा ठुलो राहत हुने गाउलेहरुको बुझाई छ। देउराली डाँडामा फापरखेत बासीले आज एक कार्यक्रमको आयोजना गर्दै अपरेटर बम पुनलाई अबिरजात्र संगै फुलमालाले सम्मान गरेका थिए भने स्थानिय इन्द्र बहादुर पुन, थम कुमारी श्रीष, दिल बहादुर पुन र वडा सदस्य नर बहादुर पुनले मन्तब्य राख्नुभएको थियो।

ताराखोला र काठेखोला गाउँपालिकाको सिमाना छुट्टयाउने देउराली फापरखेतका लागी घाँस दौरा बिसाउने भन्ज्यांग जस्तै फाराकिलो टाँकुरा हो। प्राय सबै फापरखेत बासीको गोठ तथा बारीहरु डाँडापारी भएकाले साँझ घर फर्किदा होस् या बिहान गोठ जाँदा साथि पर्खने थलो पनि हो देउराली। फराकिलो चौर दुई वटा पोखरी, बार्षिक रुपमा बालि पुजा गरिने थान, घाम उदाउने ठाउँ देखि नै उत्तर तर्फ फैलिएका दर्जन जति हिमसृंखला र बसन्तमा पाखै भरी लालीगुराँसको चमक यहाँको बिशेषताहरु हुन्। समुन्द्री सतह देखि करिब २४९४ मी. को उचाइमा रहेको देउरालीलाई पिकनिक स्पोटको रुपमा विकास गर्न सकिन्छकि भन्ने चिन्तन गाउलेहरुमा छ भने संगै रहेको करिब २५३१ मी. उचाईमा रहेको झुलेनीले पनि पर्यटकको बाटो हेरेर बसिरहेको छ। सुर्योदय र सुर्यास्त दुबैको अबलोकन गर्न यो थलो निकै उपयुक्त पनि छ, । देसका भिभिन्न जिल्लाबाट ध्यानका लागी झुलेनीमा पर्यटकहरु आइरहेको र ध्यानका लागि निकै सुहाउदो परिवेश रहेको सुझाब दिने गरेको पनि स्थानियको भनाई छ।

Categories:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts :-