आयोजक द्वारा सोरठीको नतिजा प्रकाशन, दोस्रो दिन आज भलिबलको तीन खेल सकियो

कार्तिक १२, फापरखेत – पर्यटकीय प्रबल सम्भाबना बोकेको काठेखोला गाउँपालिका वडा नं ४, तंग्राम, फापरखेतमा काठेखोला गाउँपालिका अध्यक्ष राजु थापाको प्रमुख आतिथ्यतामा उद्घाटन भई १६ गते सम्म चल्ने १९ औँ कोजाग्रत पूर्णिमा मेला २०८० को दोस्रो दिन आज आयोजक जनशान्ति युवा क्लबले सोरठी नाच प्रतियोगिताको नतिजा प्रकाशन गरेको छ। हिजो कोजाग्रत पूर्णिमाको दिन कार्यक्रम उत्घाटन समारोह संगै सुरु भएको सोरठी प्रतियोगितामा चार टीमको सहभागिता रहेको थियो भने पाण्डबखानि सोरठी समुह अप्रतियोगी सोरठी सहित प्रतियोगिता निर्णायकको भूमिमा थियो।

सुनैखुरे मिर्गतृष्णा सोरठी संरक्षण समिति, फापरखेत सामुदायीक होमस्टे सोरठी समूह, कोजाग्रत पूर्णिमा मेला आयोजक समिति र नेपाल आदिबासी जनजाती इन्द्रेणी समूह गरि चार टीमको सहभागिता रहेको प्रतियोगीतामा नेपाल आदिबासी जनजाती इन्द्रेणी समूह प्रथम र सुनैखुरे मिर्गतृष्णा सोरठी संरक्षण समितिले द्वितीय स्थान हासिल गरे। निर्णायक संयोजक छम बहादुर काउचा मगरका अनुसार सबै सोरठी नाच र गीतहरु एक भन्दा अर्को निकै राम्रो रहेको तर प्रतियोगिताको नियम अनुसार निकै मुस्किलले यो नतिजा निकालेको बताउनुभयो।

जनशान्ति युवा क्लबका अध्यक्ष कृष्ण बहादुर पुन खेल उत्घाटन गरे संगै सुरु भएको भलिबल प्रतियोगितामा बि.वाई.सी. हटियाले पहिलो सेट २५-१७ र तेस्रो सेट २५-२२ अङ्क सहित फापरखेत होमस्टेलाई हरायो। दोस्रो खेलमा शिबलेकाली युवा क्लबले २५-१२ र २५-२२ को सोझो सेटमा सृजनशील समाजसेबी युवा क्लबलाई र तेस्रो खेलमा २५-१३ र २५-१८ अङ्क सहित सृर्जना संस्कृतिक परिवारले सप्तरंगी सामाजिक महिला उद्धमी सहकारी संस्थालाई पाखा लगायो।

Categories:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts :-