तीजको अबसरमा काठेखोला ५ मा ६ दिन लामो मेला आयोजना हुदै, पुरुस्कारमा मात्र डेढ लाख बढी खर्चिने दाबी

भाद्र १३, काठेखोला – काठेखोला गाउँपालिका वडा नं ५ स्थित श्री सृर्जना साँस्कृतिक परिवारले आफ्नो ११ औँ बार्षिकोत्सब तथा हरितालिका तीजको अबसर पारेर २०८० असोज १ देखि ६ गतेसम्म बिबिध कार्यक्रम आयोजना गर्ने भएको छ। “सम्पूर्ण युवा जगतको सम्मान गरौँ, नेपाली कला संस्कृति र खेलकुदको विकास गरौँ” भन्ने नारा बोकेर बिगत लामो समय देखि कार्यक्रम गर्दै आएको सृर्जनाले यस पटक पनि भलिबल, तिजगित, एकल नृत्य, सामुहि नृत्य लगाएत अन्य थुप्रै अघोषित कार्यक्रमहरु पनि गर्ने भएको छ।

भलिबल प्रतियोगताको पुरुस्कार स्वरुप प्रथम र द्वितीय हुनेले क्रमस रु ५०,५५५, र ३०,३३३ प्राप्त गर्ने छन् भने सेमीफाइनलमा पराजय हुने दुवै टीमले सात/सात हजार रुपैयाँ प्राप्त गर्नेछन। भलिबल प्रतियोगिता साबिक वडा स्तरिय खेलाइने भएपनि खुल्ला रुपमा दर्ता गर्न सकिने र दाबीबिरोध भएको खण्डमा खेलाडीले आफुहरु एउतै वार्डको भएको परिचय खुल्ने कागजात पनि पेस गर्नु पर्ने आयोजकले जनाएको छ।

हरितालिका तीज बिशेषत: महिलाहरुको चाड मानिने भएकोले असोज १ गते खुल्ला तीज गीत प्रतियोगिता संचालन हुने आयोजकले जनाएको छ जसको प्रथम, द्वितीय र तृतीय पुरुस्कार क्रमस ५०५५, २५०० र १५०० निर्धारण गरिएको छ। संस्थाले निकालेको कार्यतालिका अनुसार तेस्रो दिन असोज ३ गते खुल्ला एकल नृत्य प्रतियोगिता गर्नेछ जसको प्रथम, द्वितीय र तृतीय पुरुस्कार क्रमस ६,५००, ३,५०० र २००० रहनेछ भने खुल्ला सामुहिक नृत्यले पाँचौँदिन स्थान पाउने छ जसको प्रथम, द्वितीय र तृतीय पुरुस्कार क्रमस १०,०००, ६,००० र ४,००० रहने छ तर ५ टीम भन्दा काम प्रतियोगी भएमा भने आयोजक सो प्रतियोगिता गर्न बाध्य नहुने आयोजकले जनाएको छ।

Categories:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts :-