लम्पि स्कीन रोग काठेखोलामा पनि, भैसी र अन्य जनावर भन्दा गोरु बढी प्रभावित

काठेखोला गाउँपालिका पनि लम्पि स्कीन रोग देखि अछुतो रहेन गाईबस्तुमा देखिने यो संक्रामक रोगले काठेखोला गाउँपालिका वडा नं ५ बस्ने कृषक हेमलाल कंडेलको गोरु असार २ गते नै मृत्यु भयो। कंडेलसंगै हल मिलाउने गरेका जयलाल सापकोटाको भने जीवित नै रहेको तर रोग देखि अछुतो नरहेको सापकोटाले बताउनु भयो। गोरुको सरिरमा साना ठुला साह्रा र गोला गाँठा आउने, थुतुनो, मुख र नाकमा घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ निस्कासन हुने गरेपछि पशुचिकित्सकको सल्लाह बमोजिम हेरचाह र औसधि खुवाए पछि अहिले निको हुदै गएको सापकोटा बताउनुहुन्छ।

लम्पी स्किन कस्तो रोग हो?

गाईभैँसीलाई हुने यो एकदमै सङ्क्रामक रोग हो। लामखुट्टे, टोक्ने झिँगा र किर्नाजस्ता कीराको टोकाइबाट यो रोग सर्ने गर्छ।

सङ्क्रमित गाईभैँसीको ओसारपसार, सामुदायिक चरणक्षेत्र दाना एवं पानी खाने साझा ठाउँ, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट र पशु उपचार गर्ने क्रममा फरक गाईभैँसीमा एउटै सुईको प्रयोगबाट पनि यो रोग सर्छ।

गर्मीयाममा लामखुट्टे र किर्ना आदिको सङ्ख्या बढ्ने र ती कीरा बढी सक्रिय हुने भएकाले यसको प्रकोप अझ बढी देखिन्छ।

मान्छेमा सर्छ कि सर्दैन?

विज्ञहरूका अनुसार लम्पी स्किन ‘जूनोटिक डिजीज’ अर्थात् पशुबाट मान्छेमा सर्ने रोग होइन।

एफएओले सन् २०१७ मा आफ्नो एउटा प्रतिवेदनमा लम्पी स्किन रोगले मानिसलाई असर गर्दैन भन्ने पुष्टि गरेको थियो।

यो रोग मान्छेमा सर्छ भन्ने कुरा कुनै पनि वैज्ञानिक अध्ययनले प्रमाणित गरेको छैन

Categories:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts :-