BSSDC द्वारा बिहुँकोटमा बृहत कार्यक्रमको आयोजना

कार्यक्रममा १२ इभेन्टमा जिल्ला स्तरीय कराते प्रतियोगिता, काठेखोला गाउँपालिका स्तरीय 7A Side फुटबल प्रतियोगिता र अन्य विविध खेलकुदका प्रतियोगिताहरू सञ्चालन हुने

काठेखोला गाउँपालिका वडा नं ५ स्थित बिहुँकोट खेलकुद तथा समाज विकास केन्द्र BSSDC ले यही आश्विन १९ र २० गते परमानन्द स्मृति खेलकुद परिसर, बिहुँकोट खेलमैदान, संरचना उद्घाटन तथा विविध खेलकुद कार्यक्रम – २०८२ आयोजना गर्न लागेको हो ।

केन्द्रका परम प्रधान संरक्षक, नेपाल सन्त समाज र श्री त्रिपुरेश्वर महादेव मन्दिर परमानन्द सन्न्यास आश्रमका अध्यक्ष श्री १००८ ज्ञानानन्द सरस्वती महाराज ज्यू को प्रमुख आथित्यतामा सञ्चालन हुने उक्त कार्यक्रममा १२ इभेन्टमा जिल्ला स्तरीय कराते प्रतियोगिता, काठेखोला गाउँपालिका स्तरीय 7A Side फुटबल प्रतियोगिता र अन्य विविध खेलकुदका प्रतियोगिताहरू सञ्चालन हुने आयोजकले बताएको छ। जिल्ला स्तरीय कराते प्रतियोगिता अन्तर्गत १२ वटै इभेन्टमा स्वर्ण पदकका लागि रु १५०० काश्य पदकका लागि रु.१००० रजत पदकका लागि रु ५०० र प्रमाणपत्र प्रदान गरिनेछ भने फुटबल प्रतियोगितातर्फ प्रथम पुरस्कार रु. २०,००० द्वितीय पुरस्कार रु १२,००० मेदल र प्रमाणपत्र साथै सेमिफाइनलमा पुग्ने दुवै टिमलाई रु.४००० प्रदान गर्ने आयोजकले बताएको छ।

 

 

 

 

 

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top