५ जना कराते खेलाडीलाई बल्याक बेल्ट, ३५ जना खेलाडीलाई ग्रेदिङ्ग

यो छैठौ संस्करणको वितरण हो यस भन्दा अगाडी २५ खेलाडीले बाल्यक बेल्ट लिईसकेको केन्द्रका अध्यक्ष्य तथा प्रमुख प्रशिक्षक कृष्ण प्रसाद कंडेलले जानकारी दिनुभयो

फागुन १६, काठेखोला – बिहुँकोट खेलकुद तथा समाज विकास केन्द्र, काठेखोला ५, बिहुँकोट, बाग्लुङ्गले आज एक कार्यक्रमको आयोजना गर्दै ५ जना कराते खेलाडीलाई बल्याक बेल्ट प्रदान गरेको छ। यो छैठौ संस्करणको वितरण हो यस भन्दा अगाडी २५ खेलाडीले बाल्यक बेल्ट लिईसकेको केन्द्रका अध्यक्ष्य तथा प्रमुख प्रशिक्षक कृष्ण प्रसाद कंडेलले जानकारी दिनुभयो। आज बाल्यक बेल्ट प्राप्त गर्नेहरुमा शिलोक कंडेल, अर्पण दुरा, सुजल किसान, रबिन के.सी. र सन्देश कंडेल छन् भने ३५ जना खेलाडीलाई ग्रेदिङ्ग गरि तह अनुसार विभिन्न रङ्गका बेल्ट प्रदान गरियको छ, केन्द्रमा हाल ७० जना खेलाडीले प्रशिक्षण लिईरहेका छन्।
जिल्ला खेलकुद विकास समिति, बाग्लुङ्गका अध्यक्ष समेत रहनु भएका केन्द्रका अध्यक्ष कृष्ण प्रसाद कंडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम काठेखोला गाउँपालिका वडा नं ५, का अध्यक्ष ज्ञामनाथ कंडेलको प्रमुख आथित्यता तथा केन्द्रका आजीवन सदस्य, अक्षयकोषदाता र सुभचिन्तकहरुको उपस्थितिमा सम्पन्न भएको थियो।

  

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top