प्राकृतिक स्रोतको अत्यधिक दोहन : कागजमा निजी जमिन तर संकलन वनबाट

कागजमा अधिकांश निजी जमिनबाट संकलन भएको देखाइए पनि वास्तविकता फिल्डमा फरक देखिन्छ। वन क्षेत्रबाट नै ठूलो परिमाणमा संकलन भइरहेको संकेत भेटिन्छ। कागजमा सायद काण्ड मात्र संकलन भएको देखिएला, तर व्यवहारमा भने जरा सहितै उखेलेर संकलन भइरहेको अवस्था देखिन्छ।

निजी जमिनमै पनि एकै वर्षमा जरा सहित ठूलो परिमाणमा संकलन गरिँदा भु–क्षयको जोखिम बढ्न सक्छ। संकलन हुँदैमा यी प्रजाति तुरुन्त लोप नहोला, तर यसरी बेहिसाब दोहन भइरहे यसको नतिजा पक्कै पनि सुखद नहुन सक्छ।

तृखुला, चुत्रो, जमाने, मान्द्रो वा चौतारो नामले चिनिने पहेंलो रङ निस्किने विभिन्न प्रजातिहरूको दोहन र तस्करी बढेको भन्दै भारतको उत्तराखण्ड मा तीन वर्षअघि संकलन नियन्त्रण गरिएको थियो। त्यसपछि व्यापारीहरूको नजर नेपालतिर मोडिएको छ

यदि समयमै व्यवस्थापन, दिगो संकलन विधि र निगरानी गरिएन भने प्राकृतिक स्रोतको अत्यधिक दोहनले वातावरण र स्थानीय पारिस्थितिक प्रणालीमा गम्भीर असर पर्न सक्छ।

श्रोत: लिला नाथ शर्मा / वनस्पति विज्ञ

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top