पाठेघरको मुखको क्यान्सर गराउने VIRUS विरुद्धको खोप अभियान माघ २२ देखि फागुन ६ गते सम्म

यहि माघ २२ गते देखि फागुन ६ गते सम्म बिद्यालय स्तरमा कक्षा ६ देखि १० सम्मका सम्पूर्ण छात्राहरु र सामुदाय स्तरमा १० देखि १४ बर्ष उमेर समुहका किशोरिहरुलाई लगाइने पाठेघरको मुखको क्यान्सर गराउने VIRUS विरुद्धको HUMAN PAPILLOMA VIRUS (HPV) खोप अभियान २०८१ सम्बन्धी वडा स्तरीय खोप समन्वय समिति, सरोकारवालाहरु र सामुदायिक महिला स्वास्थ्य स्वयम सेविकाहरु बिच छुट्टा छुट्टै अभिमुखीकरण कार्यक्रम आज काठेखोला गाउँपालिका वडा नं ५, बिहुँकोटको बिहुँकोट आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सम्पन्न भयो।

काठेखोला गाउँपालिका वडा नं ५ का अध्यक्ष एवं यस बिहुँकोट आधारभूत स्वास्थ्य सेवा केन्द्र संचालन तथा ब्यबस्थापन समितिका अध्यक्ष ज्ञामनाथ कंडेल ज्यूको अध्यक्षतामा संचालन भएको कार्यक्रममा खोप अभियान २०८१को उद्धेश्य माथि प्रकाश पार्दै अ.हे.व. रेशम केसीले स्वागत मन्तब्य राख्नुभएको थियो, (HPV) खोप अभियान सम्बन्धि विभिन्न slide हरु अ.न.मी. सिस्टर सुस्मिता सुनारले प्रस्तुत गर्नुभयो भने कार्यक्रम संचालन संस्थाका प्रमुख सि.अ.हे.व. पवित्रा थापाले गर्नु भयो। कार्यक्रमको प्रभावकारीता र लक्षित समुहका कुनै पनि किशोरिहरु यो खोपबाट बन्चित नहुन बिद्यालय र जनप्रतिनिधिहरुले पूर्ण सहयोग गर्ने भन्दै अमर माध्यमिक बिद्यालयका सहायक प्रधानाध्यापक गणेश प्रसाद कंडेल र कार्यपालिका सदस्य गितादेवी बि.क. ले आफ्नो मन्त्यब्य राख्नुभएको थियो।

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top